ad ad

राजनीति


अन्ततः चीन कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न सहमत

अन्ततः चीन कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न सहमत

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ५:४१,

अन्ततः चीनले नोबेल कोरोना भाइरस उत्पत्तिबारे हुने अनुसन्धानमा सहयोग गर्ने भएको छ।

यसअघि यो विषय अस्वीकार गरिरहेको चीनले विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताएको हो।

तर यो अनुसन्धान राजनीतिक पूर्वाग्रहले प्रेरित नभई पूर्णतः वैज्ञानिक हुनुपर्ने सर्त चीनले रोखेका छ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट उत्पन्न भएको मानिएको छ। यसबारे थप आधिकारिकता खोज्न विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न लागेको हो।

यसअघि अमेरिकाले पनि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनसँग माग गरिरहेको थियो। तर चीनले अनुसन्धान राजीनीतिक पूर्वाग्रहले प्रेरित हुने भन्दै अस्वीकार गरिरहेको थियो।

चीनले सूचना लुकाएका कारण कोरोनाले विश्वव्यापी महामारीको रूप लिएको आरोप अमेरिकाले लगाइरहेको छ।

तर चीनले यो कुरा अस्वीकार गर्दै कोरोना भाइरसको उत्पति चीनभन्दा बाहिर नै भएको दाबीसमेत गरेको थियो।

चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिका एक झुटलाई लुकाउन हजार झुट बोलिरहेको आरोप लगाएका थिए। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .