ad ad

समाज


कोरोना संक्रमण : भारतमा एकै दिन १०४ जनाको मृत्यु

कोरोना संक्रमण : भारतमा एकै दिन १०४ जनाको मृत्यु

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ४:२२,

कोरोना संक्रमणका कारण भारतमा गएको २४ घन्टामा एक सय चार जनाको मृत्यु भएको छ।

यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ८९ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

अहिलेसम्म भारतमा कोरोनाबाट ५६ हजार ३ सय ५१ जना संक्रमित भएका छन्। बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार भारतमा ९२ जनाको मृत्यु भएको थियो भने ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए।

भारतमा अहिलेसम्म १६ हजार सात सय ७६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। ३७ हजारभन्दा धेरै उपचारको क्रममा छन्।

संक्रमण नियन्त्रणको लागि भारतमा लकडाउन जारी छ। आगामी १७ मेसम्मका लागि भारतमा लकडाउन घोषणा गरिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .