ad ad

समाज


सुत्केरीलाई घरैमा कोसेली: हर्लिक्स, घ्यू र नगद पाँच सय

सुत्केरीलाई घरैमा कोसेली: हर्लिक्स, घ्यू र नगद पाँच सय

वाशुदेव मिश्र
बैशाख २१, २०७७ आइतबार १४:३,

पोखरा महानगरपालिकाले चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई कोसेलीस्वरुप घ्यू, हर्लिक्स, तेल, साबुनसहित नगद पाँच सय रुपैयाँ उपलब्ध गराएको छ।

लकडाउनले सुत्केरी भेट्न आफन्त आउन नसक्ने र माइतीको अत्यास मेटाउनको लागि महानगरले यो अभियान चलाएको हो। यद्यपि, यो अभियान नौलो भने हैन। यसअघि धेरै स्थानीय निकायहरुले सुत्केरीको लागि यस्तै अभियान सञ्चालनमा ल्याइसकेका छन्।

महागनरले पहिलो दिन आइतबार १८ जनालाई सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ। शनिबारसम्म २६ जना सुत्केरीको नाम महानगरको हटलाइन नम्वरमार्फत टिपाइएको थियो।

आइतबार पोखरा महानगरपालिका वडा नम्वर ९, १० र १५ मा वडा अध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित भेटन पुगे। महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा एक किलो घ्यू, एक किलो हर्लिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ। सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेज सहित नगद पाँच सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङल बताइन्।

‘सुत्केरी भएपछि आँतिलो खाना खानुपर्ने महिलालाई हर्लिक्स, घ्यू, तेल उपलब्ध गराएका छौँ,’, उनले भनिन, ‘हामीले दिएको बाहेक केही आवश्यक सामग्री किन्न नगद पाँच सय रुपैयाँ उपलब्ध गराएका छौँ।’

चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिन सम्मका महिलाहरुलाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन्। सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको वडाका जनप्रतिनिधिको समन्वयमा महागनरका कर्मचारीसहित सुत्केरी महिलाको घरमै सामान पुर्‍याइने महानगरकी सर्मिला भण्डारीले बताइन्।

आइतबार पोखरा १५ मा वडा अध्यक्ष प्रकाश पौडेल, वडा सदस्य पार्वती कार्की, महागनरका कर्मचारी सर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर औष्टिक आहार उपलब्ध गराएका थिए। त्यस्तै वडा नम्वर १० मा वडा सदस्य सम्मरबहादुर श्रेष्ठलगायत कर्मचारी सहित पुगेर पौष्टिक आहार उपलब्ध गराए।

आइतबार थपिएका सुत्केरी महिलाहरुलाई सोमबार पौष्टिक आहार वितरण गरिने महानगर सामाजिक विकास महाशाखाले जनाएको छ। लकडाउनका बेला पोखरा महानगरले करिव ३१ हजार जनालाई लाई राहत वितरण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .