एकैदिनमा रुसमा १० हजार ६३३ जनामा कोरोना संक्रमण भएको हो।
यससँगै रुसमा कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ। यीमध्ये १२ सय ८० को मृत्यु भइसक्दा १६ हजार ६३९ उपचारपछि स्वस्थ बनेका छन्।
गत अप्रिल १३ देखि रुसमा तिव्र रुपमा कोरोनाको संक्रमण बढीरहेको बताइएको छ। हाल कोरोनाको उद्गमस्थल चीनमा भने कोरोनाको प्रभाव घट्दै गएको छ।
पछिल्लो समय रुस कोरोना भाइरसले निकै ग्रस्त बनिरहेको छ। एजेन्सी
प्रतिक्रिया