ad ad

कला


लकडाउनमा बिमोचनले ल्याए ‘तिम्रो याद’ (भिडियो)

लकडाउनमा बिमोचनले ल्याए ‘तिम्रो याद’ (भिडियो)

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:४१,

गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन्। विगत ६ वर्षदेखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरोना कहर बिच गीत संगीत प्रेमीलाई मनोरञ्जन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन्। एल्बम ‘समय’ मा समावेश ‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचन खनालको रहेको छ। गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य (ब्रिज को रहेको छ।

गायनसँगै अभिनयमा रुचि राख्ने बिमोचन खनाल र सन्ध्या कोइराला म्युजिक भिडियोमा फ़िचर्ड छन्। श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोलाई अमन महर्जनले सम्पादन गरेका हुन्। ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोलाई अनिल न्यौपानेको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

गायक खनालको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .