ad ad

समाज


नयाँ दिल्लीमा दुई सयजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

नयाँ दिल्लीमा दुई सयजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ९:१०,

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण कम्तीमा पनि दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मीमा कोभिड १९को संक्रमण भएको जानकारी दिए।

उनले सो क्रममा दिल्लीमा कोभिड १९ बिरामीको संख्या ३ हजार नाघेको पनि बताए।

उनले मङ्गलबार भने,‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड १९ को विरामी परेका छन्। यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको छ।’ रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .