ad ad

समाज


हतियार ओसारपसारमा संलग्न वडाध्यक्षद्वारा प्रहरीसामु आत्मसमर्पण

हतियार ओसारपसारमा संलग्न वडाध्यक्षद्वारा प्रहरीसामु आत्मसमर्पण

गोकुल जोशी
बैशाख १६, २०७७ मंगलबार ९:९,

अवैध हातहतियार ओसारपसारको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष रविन्द्र शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडाध्यक्ष शाहीलाई लकडाउनको समयमा हातहतियार ओसारपसारको आरोपमा पक्राउ गरेको हो।

चैत्र २५ गते लकडाउनको बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट हातहतियार सहित वडाध्यक्षले प्रयोग गर्ने डीएल ३ सीसीआर ३९९७ नम्बरको भारतीय जिपबाट अवैध हतियार बरामद गरिएको थियो।

सशस्त्र प्रहरीको टोलीले उक्त भारतीय जिपबाट प्वाइन्ट टु–टु एलआर एक थान, सोको बुलेट १४ गोटा, एयरगन एक थान, सोको छर्रा १९६ गोटा सहित ७६ हजार पाँच सय रुपैयाँका साथै वडाध्यक्ष शाहीको एटीएम कार्ड सहित अन्य कागजपत्र बरामद गरिएको थियो। गाडी छोडेर फरार रहेका वडाध्यक्ष शाही विरुद्ध अदालतबाट पक्राउ अनुमति ल्याएर प्रहरी उनको खोजीमा थियो।

‘हातहतियार बरामद पछि हामी उनको खोजीमा थियौँ, बैशाख १४ गते आफै हाजिर भए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले भने।

उनका अनुसार अभियुक्त वडाध्यक्षले एक हतियारको अनुमति पत्र (लाइसेन्स) पेश गरेका छन्।

‘एक हतियारको लाइसेन्स पेश भएको छ, त्यो सक्कली हो वा नक्कली लगायतका विषमा हामी अनुसन्धानमै छौँ’ डिएसपी पौडेलले नेपालखबरसँग भने।

वडाध्यक्ष शाही अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै देश लकडाउनमा रहेको अवस्थामा हातहतियार सहित कैलालीबाट कञ्चनपुरको गुलरिया पुगेका वडाध्यक्षको गाडीमा चेकजाँच गर्दा हतियार बरामद भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .