ad ad

समाज


डब्ल्यूएचओ भन्छः कोरोना निको भए पनि यसकारण दाेहाेरिन सक्छ

डब्ल्यूएचओ भन्छः कोरोना निको भए पनि यसकारण दाेहाेरिन सक्छ

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १६:३०,

कोरोना भाइरसको संक्रमण (कोभिड-१९) निको भएका व्यक्तिलाई फेरि यो रोग लाग्दैन भन्ने कुनै ग्यारेन्टी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) चेतावनी दिएको छ।

संक्रमण निको हुनुको अर्थ अब उसलाई फेरि त्यो रोग लाग्दैन भन्ने प्रमाणपत्र नभएको डब्ल्यूएचओले जनाएको छ।

शनिबार विज्ञप्ति जारी गरेर उसले भनेको छ- कोरोना संक्रमण हटेर स्वस्थ भएपछि नदोहोरिने आधार छैनन् अर्थात् यो नै कोभिड-१९ संक्रमण प्रतिरोधको प्रमाणपत्र होइन।

कोभिड-१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेका व्यक्तिलाई फेरि संक्रमण हुँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नभेटिएको डब्ल्यूएचओले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .