ad ad

समाज


प्रदेश सरकारको अनुसन्धानः उदयपुरमा नेपालीले चाहिँ भारतीयलाई कोरोना सारेका हुन्

प्रदेश सरकारको अनुसन्धानः उदयपुरमा नेपालीले चाहिँ भारतीयलाई कोरोना सारेका हुन्

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १५:५८,

उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केमा २८ जनामा देखिएको कोरोना संक्रमण भारतीय जमाती मुस्लिम समूहबाट नसरेको कुरा पुष्टि भएको छ।

आज (शनिबार) भुल्के पुगेका प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले सुरुमा आफूहरू भुल्केको नुरी मस्जिदमा बसेका १२ मुस्लिम धर्मगुरुबाट ती २८ जनामा कोरोना सरेको विश्वास गरेको भए पनि अहिले यो कुरा पुष्टि नभएको जानकारी दिएका हुन्।

उनले भने, ‘भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लिम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाई मस्जिदमा पनि १५ दिन तथा अन्यत्र पनि बसेका तर ती स्थानका मानिसको स्वाब जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ।’

भुल्केमा कोरोना भाइरस जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लिम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरूबाट सरेको मन्त्री घिमिरेको भनाइ छ।

अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना संक्रमित भित्र रहेका र उनीहरू अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेको उनले जानकारी दिए।

भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लिम युवाले मस्जिदमा प्रवेश गर्दा जमातेमा सारेको मन्त्री घिमिरेकाे दाबी छ।

भोजपुरमा कोरोना संक्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका र उनैले कोरोना लिएर आएको पुष्टि भएको तथ्य हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाते समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .