ad ad

प्रविधि


फेसबुकले ल्याउँदैछ भिडियो कल गर्ने यस्तो आकर्षक नयाँ सेवा

फेसबुकले ल्याउँदैछ भिडियो कल गर्ने यस्तो आकर्षक नयाँ सेवा

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १६:४३,

विश्वभर सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ।

अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा सुरु गर्न लागिएको फेसबुकले जानकारी दिएको छ।

‘म्यासेन्जर रुम’ नाम दिइएको नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ। सामूहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रिया गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन। असीमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ।

सामूहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्छ।

निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ। भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेका व्यक्ति हटाउन पनि मिल्ने गराइएको छ।

फेसबुकको दायाँ साइडबाट भित्र छिरेपछि यस्तो सेवा लिन सकिने व्यवस्था गरिएको छ। भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ।

फेसबुकको यो नयाँ सेवा ‘म्यासेन्जर रुम’ केही देशमा प्रयोग गर्न सकिने गरी यसै हप्ता खुला गरिने छ भने अन्य देशका लागि बिस्तारै खुला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .