बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टिनको सुरक्षामा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटना निधन भएको छ।
क्वारेन्टिनको ड्युटी सकेर मोटरसाइकलमा घर फर्कने क्रममा शनिबार बिहान भएको दुर्घटना उनको मृतयु भएको हो।
ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले शनिबार बिहान करिब ३ बजे सो दुर्घटना भएको जानकारी दिए। रासस
प्रतिक्रिया