ad ad

समाज


११ कर्मचारी कोरोना संक्रमित भेटिएका भारतको भाटिया अस्पतालका फेरि २ डाक्टर र ५ नर्सलाई संक्रमण पुष्टि

११ कर्मचारी कोरोना संक्रमित भेटिएका भारतको भाटिया अस्पतालका फेरि २ डाक्टर र ५ नर्सलाई संक्रमण पुष्टि

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १७:९,

भरतको मुम्बईस्थित एक अस्पतालका ७ चिकित्सक/नर्ससहित ८ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

भरतीय सञ्चारमाध्यमका अनुसार मुम्बईमा रहेको भाटिया अस्पतालका २ डाक्टर, ५ नर्स र अर्का एक कर्मचारीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहहरू सबैको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये पाँच नर्सलाई आइसीयूमा राखेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिअनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर छैन।

यसअघि सो अस्पतालका ११ कर्मचारीलाई कोरोना संक्रमण भएको थियो। उनीहरू उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .