ad ad

ग्लोबल


कोरोना संक्रमणले बेलायतमा फेरि एक नेपालीको मृत्यु

कोरोना संक्रमणले बेलायतमा फेरि एक नेपालीको मृत्यु

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १७:४२,

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु भएको छ।

लन्डनको वेम्बली बस्ने ४८ वर्षीय आइतबहादुर गुरुङको मृत्यु भएको हो।

तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङका अनुसार कारोनाबाट संक्रमित उनको लन्डनको नार्थविक पार्क अस्पातालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएका उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए।

लमजुङको आमाडाँडा मिलन टोल पुर्ख्यौली घर भएका गुरुङ सन् २००७ मा हङकङबाट बेलायत पुगेका थिए। उनका श्रीमती र एक छोरा बेलायतमै छन्।

मंगलबार मात्रै बेलायतको रेडिङ निवासी ४९ वर्षीय विजय गुरुङको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .