ad ad

समाज


कोरोनालाई जितेर घर फर्किए कैलालीका २१ वर्षीय युवा

कोरोनालाई जितेर घर फर्किए कैलालीका २१ वर्षीय युवा

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ११:१५,

कैलालीका कोरोना संक्रमितमध्ये २१ वर्षीय युवा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

 अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालले ती युवालाई डिस्चार्ज गरेको हो।

गत चैत २२ गते कोरोना पुष्टि भएका उनी १६ दिन अस्पतालको बसाइपछि डिस्चार्ज भएका हुन्। शनिबार उनको तेस्रो नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

घर फर्कनेक्रममा उनले हिम्मत जुटाउँदा कोरोनालई हराउन सकिने बताए। आफूलाई सुरुदेखि पनि लक्षण नदेखिएकाले ठिक हुन्छु भन्ने आत्मबल रहेको उनले बताए।

उनले उपचारमा संग्लनहरुलाई धन्यावद दिदैँ चिकित्सकले भने बमोजिम केहीदिन घरपरिवारबाट टाढा सुरक्षितसँग बस्ने बताए।

गत चैत ११ गते भारतबाट घर फर्किएका उनी कैलालीको प्रतापपुर क्वारेन्टिनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो।

त्यसपछि उनी १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारपछि निको भएका हुन्।

ती युवा डिस्चार्ज भएसँगै अव सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा चार जना संक्रमित उपचाररत छन्।

उपचार गराइरहेकाहरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, सोही वडाकी ३४ वर्षीय महिला, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया महिला रहेका छन्।

कोरोना संक्रमण भएर निको हुने उनी नेपालको चौथो व्यक्ति हुन्।

चीनबाट फर्केपछि संक्रमित भेटिएका नेपालकै पहिलो संक्रमित युवा केही हप्तामै निको भएका थिए। टेकु अस्पतालमा उपचाररत् १९ वर्षीया युवती र धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराएकी ६५ वर्षीया महिला निको भएर शनिबार अस्पतालबाट घर फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .