ad ad

राजनीति


टेकु अस्पतालमै फर्किए डा. शेरबहादुर पुन

टेकु अस्पतालमै फर्किए डा. शेरबहादुर पुन

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ११:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफलका लागि भनी मन्त्रालय बोलाइएका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डा. शेरबहादुर पुनले सोहि अस्पतालमैं नियमित काम गर्ने भएका छन्।

मन्त्रालयले शुक्रबार अस्पताल प्रशासनलाई पत्र लेखी उनलाई मन्त्रालय पठाउन भनेको थियो।

सोहि पत्राचार अनुसार डा. पुन आइतबार मन्त्रालय पुगेका थिए।

त्यहाँ सम्बन्धित अधिकारीहरु सँग छलफलपछि उनले मन्त्रालयमा आवश्यक छलफल भएको र अब आफूले टेकू अस्पतालमै पूर्ववत् रुपमा काम गर्ने बताए।

‘यहाँ छलफल भयो। अब टेकुमै नियमित काम गर्छु,’ रामशाह पथस्थित मन्त्रालयबाट बाहिरिँदै गरेका डा. पुनले भने।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे भइरहेका काम कारवाही लगायतबारे सञ्चारमाध्यममा नियमितरुपमा आफ्ना लेख, अन्तरवार्ता सार्वजनिक गरिरहेका पुनलाई त्यसबारे मन्त्रालय नेतृत्वले चित्त नबुझाई स्पष्टीकरण सोध्न खोजेको र मन्त्रालयमै तान्न खोजेको भनी सर्वत्र आलोचना भएको थियो।

‘मलाई कार्यरत् अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले संचालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छ,’ डा. पुनले एक विज्ञप्ति जारी गरी भनेका छन्। ‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित कामा क्रियाशिल रहिरहेको छु।’

मन्त्रालयका सहसचिव रघुराम बिष्टले भने आइतबार पत्रकार सम्मेलनमा सो अस्पतालको काममा कुनै बाधा नपर्ने गरी छलफलका लागि मन्त्रालयमा पठाउन मात्र भनिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .