ad ad

समाज


चीनबाट औषधि र उपकरण लिएर बिहानै काठमाडौं आइपुगे दुई वाइडबडी

चीनबाट औषधि र उपकरण लिएर बिहानै काठमाडौं आइपुगे दुई वाइडबडी

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार २:५६,

कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्।

चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

ती जहाजमा कोरोना संक्रमण आशंका गरिएका र पुष्टि भएका व्यक्तिकाे परीक्षण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री छन्।

नेपालका निजी क्षेत्र फ्लास फ्रेट र सांग्रिला फ्रेटले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।

यी जहाज बिहीबार साँझ चीनका लागि उडेका थिए।

याे पनि: 

ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .