चितवनको भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ।
बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।
बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो।
उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ।
चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्। निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया