कुवेत सरकारले विदेशी नागरिकका लागि भिसाको म्याद तीन महिना स्वतः थपिदिने भएको छ।
मार्च १ देखि ३१ मेसम्मका लागि कुवेत सरकारले आवासीय भिसा स्वतः थप गर्न लागेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
कोरोना संक्रमणको कारण भएको लकडाउनले मारमा परेका विदेशी नागरिकलाई कुवेत सरकारले यो सुविधा दिन लागेको हो।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू दूताबासले जनाएको छ।
3
Shares
प्रतिक्रिया