ad ad

समाज


कोरोना प्रभाव: मानिस घरभित्र, सिंह सडकमा!

कोरोना प्रभाव: मानिस घरभित्र, सिंह सडकमा!

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १:४४,

कोरोना महामारीका कारण यतिबेला विश्व नै ठप्प अर्थात् लकडाउनमा छ। कोरोना भाइरसको संक्रमणबाट बच्न मानिस घरभित्रै सीमित भएका छन्।

यही मौका छोप्दै पहिले जंगलमा लुकेर बस्ने जीव जनावर भने बाहिर निस्किन थालेका छन्। निर्धक्क विचरण गर्न थालेका छन्।

shinha6 

एउटा यस्तै रोचक दृश्य देखिएको छ- दक्षिण अफ्रिकामा। लकडाउनका कारण मानिसको आवतजावत ठप्प भएपछि अफ्रिकास्थित क्रुगर राष्ट्रिय निकुञ्जका सिंह यतिबेला पिच सडकमै सुत्न थालेका छन्।

निकुञ्जका रेन्जर रिचर्ड सावरीले बुधबार गस्ती गर्ने क्रममा सामान्य अवस्थामा पर्यटकले भरिभराउ हुने सडकमा सिंह शानका साथ सुतिरहेको देखेका हुन्।

shinha3 

उनले त्यही मौकामा केही तस्बिर लिएर सार्वजनिक गरेका छन्। मात्रै ५ मिटरको दूरीमा बसेर फोटो खिच्दा पनि सिंहले कुनै वास्ता नगरेको उनले बताएका छन्। उनले ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

दक्षिण अफ्रिकामा कोरोनाका कारण अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५ सक्रमित भएका छन्।

 shinsha5 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .