ट्रम्पले महामारीको उत्कर्ष पार भइसकेकाले देशमा जारी प्रतिबन्धका नियमहरु यसै महिना खुला हुने पनि बताएका छन्।
ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा ट्रम्पले बुधबार प्रतिबन्धका नियमहरु खुकुलो बनाउने विषयमा नयाँ योजनाहरु बिहिबार सार्वजनिक गर्ने जानकारी दिए।
अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ।
देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो।
बिहीबारसम्मको तथ्यांकअनुसार अमेरिकामा ६ लाख ४४ हजारभन्दा बढी कोरोना संक्रमित छन्। त्यहाँ २८ हजार ५५४ को मृत्यु भइसकेको छ। अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुक हो।
यहाँ कोरोना संक्रमित र मृतक संख्या सबैभन्दा बढी छ। बीबीसी
प्रतिक्रिया