सरकारले नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको छ।
कोरोना संक्रमणका कारण सिर्जित संकटका कारण सरकारले यस्तो निर्णय लिएको हो।
‘उनीहरुको भिसा जारी भएपछि ६ महिनाभित्र नेपाल आउनु पर्नेमा अब एक वर्षभित्र नेपाल आउन सक्नेछन्,’ अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले नेपालखबरसँग भने।
सोहि निर्णयअनुसार बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासले सूचना जारी गरेका छन्।
‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
प्रतिक्रिया