कोरोना भाइरसको आशंका गरिएका प्रदेश १ का विभिन्न जिल्लाका ३० जना बिरामीको रिपोर्ट नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको छ।
उनीहरुको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले जनाएको छ।
अन्य सात जनाको रिपोर्ट आउन बाँकी छ। यस्तै प्रदेश १ मा कोभिड-१९ को आशङ्का भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा सोमबारसम्म ५१२ जनालाई राखिएको छ।
केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ जनालाई राखिएको छ।
होम क्वारेन्टाइनअन्तर्गत ९३ महिलासहित ६०९ जना बसेका छन्।
प्रतिक्रिया