ad ad

छापा खबर


लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन, के सोधिन्छ फोनमा?

लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन, के सोधिन्छ फोनमा?

नेपालखबर
चैत १७, २०७६ सोमबार २:५२,

कोरोना र लकडाउनसम्बन्धी जिज्ञासाले प्रहरीको हटलाइन दिनभर व्यस्त हुन थालेको छ ।

लकडाउनपछि हटलाइनमा दैनिक १३ हजार फोन आउने गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नियमित अवस्थामा भन्दा लकडाउनपछि प्रहरीको हटलाइन १०० मा अत्यधिक फोन आउने गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार देशभरि १३ हजारभन्दा धेरै फोन आएका थिए।

लकडाउन कहिले खुल्छ? बेलुका निस्कन पाइन्छ कि पाइँदैन? सामान किन्न जान के गर्नेजस्ता जिज्ञासा धेरै हुने गरेका छन् । त्यस्तै, कतिपयले आफूलाई ज्वरो आएकाले कोरोनासम्बन्धी परीक्षण गर्नुपर्ने नपर्ने सोधेका थिए।

कतिपयले ग्यास तथा खाद्यान्न अभावसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् । केहीले कतै भिड भइरहेको सूचनासमेत प्रहरीलाई दिने गरेका छन्।

प्रहरीले सर्वसाधारणका हरेक जिज्ञासाको जवाफ दिई उनीहरूको समस्याको सहजीकरण गर्दै आएको प्रवक्ता उमेशराज जोशीले बताए।

लकडाउनको अवस्थामा प्रहरीले सर्वसाधारणलाई तीन अनुरोध गरेको छ । लकडाउनको अवस्थामा घरबाट बाहिर ननिस्कन भनेको छ।

लकडाउनको ६ दिनमा प्रहरीले दुई हजार आठ सय ९१ जनालाई पक्राउ गरेको छ । यो अवधिमा १० हजार ९७ सवारीसाधन नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए।

पक्राउ परेकालाई प्रहरीले केही समय थुनामा राखेर छाड्ने गरेको छ । आइतबारदेखि सडकमै केही घन्टा होल्डमा राखेर छाड्ने गरिएको छ । हिरासतमा राख्दा जोखिम हुने भएकाले यसरी केही घन्टा होल्ड गर्न थालिएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट सिर्जित विषम परिस्थितिमा आफ्नो आधा जनशक्ति फिल्डमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा निगरानीदेखि लकडाउन कार्यान्वयनसम्मको जिम्मेवारी सशस्त्र प्रहरीमाथि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .