ad ad

समाज


संक्रमित युवतीसँगै कतारबाट आएक तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

संक्रमित युवतीसँगै कतारबाट आएक तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
चैत १७, २०७६ सोमबार २:३४,

फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस संक्रमित युवतीसँगै आएका बाँकेका तीन जनाको कोरोनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ (कोरोना नभएको) देखिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका फ्रान्सबाट आएका तीनसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएको थियो।

टेकु अस्पतालमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

यसअघि बाँकेबाट पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएका थिए।

बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी चन्दले बताए। तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ।

दाङकी युवतीको रिपोर्ट पनि नेगेटिभ

कतारबाट आएकी दाङकी एक युवतीको कोरोना भाइरस रिपोर्ट नेगिटिभ देखिएको छ। आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।

संक्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती युवतीको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।

उनीहरु दुवैको शनिबार स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो। शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .