ad ad

समाज


बुटवलमा मृत्यु भएका युवक कोरोना संक्रमित थिए कि थिएनन्? आज निश्चित हुँदै

बुटवलमा मृत्यु भएका युवक कोरोना संक्रमित थिए कि थिएनन्? आज निश्चित हुँदै

नेपालखबर
चैत १७, २०७६ सोमबार २:१२,

रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज (सोमबार) पुष्टि हुने भएको छ।

उनको स्वाब (र्‍याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले ती युवकको नुमना परीक्षणको क्रममा रहेको र आज नतिजा निस्किने जानकारी दिइन्। ‘आज बेलुकीसम्म नतिजा आउला,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो।

उनी दुबईबाट चैत ६ गते नेपाल (काठमाडौं) आएका थिए।

‘दुबईमा ट्याक्सी चालक उनमा कोरोना भाइरस संक्रमणको निकै लक्षण देखिएका थिए,’ फोकल पर्सन थापाले सोमबार बिहान नेपालखबरसँग भने, ‘लक्षण हेर्दा त उनमा कोरोना भाइरस थियो भन्ने अनुमान गर्न सकिन्छ, तर रिपोर्ट नआएसम्म एकिन गर्न मिल्दैन।’

उनका अनुसार ती युवकलाई अत्यधिक ज्वरो र खोकी थियो।

ती युवककी एक भतिजीले फेसबुकमा लेखेकी छन्- नि:शब्द छु अंकल, हजुरको स्वर्गमा वास होस्। उहाँ १३ गते कोरोना अस्पताल बुटवल (धागो कारखाना)मा भर्ना हुनुभएको थियो। उहाँको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो, तर रिपोर्ट आएको छैन। उहाँ चैत ८ गते वैदेशिक रोजगारी दुबईबाट नेपाल आउनुभएको थियो। उहाँलाई आज (आइतबार) बिहानबाट ज्वरोले अत्यधिक च्यापेको र काठमाडौं लैजाने तयारी थियो।

याे पनि :

बुटवल कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी, धेरैजसो भारतबाट भित्रिएका

बुटवलमा कोरोना संक्रमण आशंकामा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको रिपोर्ट आउन बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .