ad ad

समाज


मकवानपुरमा झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण

मकवानपुरमा झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण

नेपालखबर
चैत १६, २०७६ आइतबार ६:५५,

मकवानपुरमा झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण भएको छ।

शनिबार राति हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी सांगेटोलमा स्थानीय युवाबीच झगडा मिलाउन गएको प्रहरीमाथि नै ढुंगामुढा प्रहार भएको हो।

आफूमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरेर एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी मिलनटोलका २० वर्षीय रोशन बल रहेका छन्।

बा ९३ प ६०१४ नम्बरको स्कुटरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीयले प्रहार गरेको ढंगामुढाले लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा १ झ ७५२७ नम्बरको गाडीको झ्याल र पछाडिको सिसा फुटेको छ।

झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .