ad ad

कारोबार


लकडाउन असर : हेटौँडाका औद्योगिक क्षेत्रमा आधा दर्जन उद्योग मात्रै सञ्चालनमा

लकडाउन असर : हेटौँडाका औद्योगिक क्षेत्रमा आधा दर्जन उद्योग मात्रै सञ्चालनमा

नेपालखबर
चैत १६, २०७६ आइतबार ७:४१,

कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन्। त्यहाँ कार्यरत करिब पाँच हजार मजदुर रोजगारविहीन भएका छन्। सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ।

कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा १११ उद्योगमध्ये लकडाउनका कारण आधा दर्जन उद्योग सञ्चालनमा रहेको बताइएको छ। कच्चापदार्थ तथा मजदुरको समस्या भए पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा रहेका छन्।

प्राप्त विवरणअनुसार सञ्चालनमा रहेका उद्योगमा दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा प्लाष्ट्रिक उद्योग सञ्चालनमा छन्। लकडाउनले ती उद्योगमा कार्यरत मजदूर काम गर्न नमान्दा बिहान र साँझ मात्र सञ्चालनमा रहेको प्रमुख कँडेलले बताए।

उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारी शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको बताइएको छ। कतिपय मजदूर आ–आफ्नो गृह जिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेका छन् ।

यसैबीच बैंकको ऋणबाट सञ्चालनमा परेका उद्योग ठूलो समस्यामा परेको उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखनाथ पोखरेलले गुनासो गरे। त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पनि बन्द रहेको छ। सरकारको लकडाउनपश्चात् उक्त उद्योगका उत्पादनहरु तथा बिक्रीलगायतका सम्पूर्ण काम बन्द भएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .