ad ad

कारोबार


लकडाउन अवधिमा सुविधा दिन एनआईसीको ग्राहक सहायता केन्द्र (फोन नम्बरसहित)

लकडाउन अवधिमा सुविधा दिन एनआईसीको ग्राहक सहायता केन्द्र (फोन नम्बरसहित)

नेपालखबर
चैत १६, २०७६ आइतबार ६:५३,

एनआईसी एसिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकका असुविधा तथा समस्याहरुलाई फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ।

‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर बैंकिङ समस्या समाधान गर्नसक्ने बैंकले जनाएको छ।

जस्तै, प्रदेश १ मा रहनु भएका ग्राहक महानुभावले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नुहुनेछ ।

यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहक महानुभावले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नुहुनेछ ।

कुन प्रदेशकाले कसलाई फोन गर्ने?

nic 1 p 1

nic 1 p 2

nic 1 p 3

nic 1 p 4

nic 1 p 5

nic 1 p 6

nic 1 p 7

यसका साथै ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

बैंकले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड क्युआर प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .