ad ad

समाज


रुपा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएन

रुपा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएन

वाशुदेव मिश्र
चैत १४, २०७६ शुक्रबार १२:२५,

 कास्कीको रुपामा क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युको कारण कोरोना संक्रमण नभएको प्रमाणित भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले उनको मृत्युको कारण कोभिड–१९ नभएको प्रमाणित गरेको हो। उनको दीर्घ मुटु रोगका कारण मृत्यु भएको टेकुको रिपोेर्टले देखाएको छ।

कास्कीको रुपा गाउँपालिका–७, घर भएका र भारतको हैदारावादमा मजदूरी गर्ने विश्वमोहन नेपालीको बुधबार अचानक मृत्यु भएको थियो। उनी यसअघि नै दम, मधुमेहलगायतका रोगले ग्रसित रहेका थिए।

उनी करिब १० दिनअघि मात्रै त्यहाँको विश्वशान्ति माविको क्वारेन्टिनमा बस्दै गर्दा अचानक बेहोस भएपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।

मृत्यु लगत्तै कोरोना संक्रमण परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाउँदा नेगेटिभ रिपोर्ट आएको रुपा गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझा तथा स्वास्थ्य संयोजक आनन्दलाल जोशीले शुक्रबार विज्ञप्ति जारी गर्दै गाउँपालिकामा रहेको क्वारेन्टिनमा रहेका सबैको नियमित स्वास्थ्य परीक्षण भइरहेको र सबै सकुशल रहेको पनि जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .