ad ad

समाज


कालो बजारी गर्ने तीन पसलमा छापा

कालो बजारी गर्ने तीन पसलमा छापा

नेपालखबर
चैत १३, २०७६ बिहिबार १२:२६,

लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ।

कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले बिहीबार अपराह्न भरत इन्टरप्राइजेज, सिद्धार्थ सब्जी भण्डार तथा सुरेश मेडिकल पसलमा छापा मार्दा ती पसलले कृत्रिम मूल्य सिर्जना गरी कालोबजारी गरिरहेको पाइएकाले जरिवाना तिराएको सो कार्यालयले जनाएको छ।

औषधि पसलले पञ्जा बेच्दा मूल्यमा एकरुपता नराखेको र बिलबीजक नक्कली देखाई ठगी गरेकाले उनलाई रु २० हजार तथा इन्टरप्राइजेज र सब्जी भण्डारले बिक्री गरिरहेको आलुसम्बन्धी कागजात दुरुस्त नराखी बढी मूल्यमा बेच्ने गरेकाले दुवैलाई जनही एक एक हजार जरिवाना गराइएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले बताए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको समेत सहभागिता रहेको सो टोलीले वीरगञ्जका नगवा, पानीटंकी र मूर्लीमा रहेका तरकारी बजारको निरीक्षण गरी बढी मूल्यमा तरकारी बेच्ने बिक्रेतालाई पहिलो चोटि नसिहत दिइएको बताइएको छ।

लकडाउनपछि वीरगञ्जस्थित घण्टाघरको पान मण्डी गल्लीमा रहेका थोक व्यापारीले एकाबिहानै व्यापारीलाई बढी मूल्य लिएर खाद्यान्नलगायत सामान बेच्ने गरेकाले सो ठाउँमा पनि स्थानीय प्रशासनले छापा मारी कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पीडित उपभोक्ताले गरेका छन्।

वीरगञ्ज नाकाबाट निर्बाध ग्यास र पेट्रोल भित्रिँदै
लकडाउनका समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा भित्रिएको वीरगञ्ज भन्सारले जनाएको छ। यही चैत १० देखि लागू भएको लकडाउनका समयमा भारतका विभिन्न ठाउँबाट चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट बताइएको छ।

सोही अवधिमा तरकारी, खाद्यान्नलगायत सामान सहज रुपमा नेपाल भित्रिएको र आज पनि आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताए।
यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका अनुसार लकडाउनका समयमा संघीय सरकारले छुट दिएका सवारी साधनबाहेक अन्य सवारी साधन भने चलेका छैनन्। लकडाउनका समयमा अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्बाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले राससलाई बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .