ad ad

कारोबार


कोरोनाका कारण दुई दशकयताकै ठूलो आर्थिक मन्दीतर्फ सिंगापुर

कोरोनाका कारण दुई दशकयताकै ठूलो आर्थिक मन्दीतर्फ सिंगापुर

नेपालखबर
चैत १३, २०७६ बिहिबार १२:२८,

कोरोना भाइरस महामारीका कारण सिंगापुरको अर्थतन्त्रमा मन्दी आउने देखिएको छ। 

व्यापारमा निर्भर सिंगापुरले आर्थिक सूचकांकहरु सार्वजनिक गरेको छ। जसअनुसार अघिल्लो त्रैमासिकको भन्दा यो त्रैमासिक कुल गार्हस्थ उत्पादमा १०.६ प्रतिशतले गिरावट आएको छ।

यो सन् २००९ यताकै सबैभन्दा ठूलो गिरावट हो। दुई दशकयता सिंगापुरमा पहिलो पटक पूरै वर्ष मन्दी छाउने देखिएको छ।

सिंगापुरको यस्तो निराशाजनक सूचकांका कारण विश्वमै आर्थिक मन्दी आइपर्ने अनुमान गर्न थालिएको छ।

यसैसाता अन्तर्राष्ट्रिय मुद्राकोषले पनि सन् २००८ को भन्दा ठूलो आर्थिक संकट आइपर्नसक्ने चेतावनी दिएको थियो।

सिंगापुर अर्थतन्त्र उकास्टन ३३.७ अर्ब डलरको प्याकेज घोषणा गरेको छ।

सिंगापुरमा बिहीबार ७३ नयाँ संक्रमित फेला परेका छन्। यससँगै संक्रमितको संख्या ६ सय ३० पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .