ad ad

समाज


सरकारी अस्पतालबाटै फर्काइन थाले बिरामी

 सरकारी अस्पतालबाटै फर्काइन थाले बिरामी

नेपालखबर
चैत १३, २०७६ बिहिबार ११:४१,

 गोर्खा घर भई हाल पोखराको औद्योगिक क्षेत्र बस्दै आएका ३४ वर्षीय कृष्ण परियार बुधबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पताल पुगे।

उनले गएको फागुन २७ गते सोही अस्पतालमा मृगौलाको शल्यक्रिया गराएका थिए। बायाँ मृगौलाले काम गर्न छाडेपछि मृगौलाको शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रियापछि कोखमा रहेको घाउ ड्रेसिङ ( सफा) गर्न पुगेका उनलाई त्यहाँको बहिरङ्ग र आकस्मिक कक्षले उपचार दिनै मानेन। ‘घाउबाट पानी बग्न थालेको र ड्रेसिङ आवश्यक भएको भन्दा पनि आकस्मिक कक्षले उपचार दिएन’, उनले भने, ‘यो कुरा लिएर म अस्पताल प्रशासनमा पनि गएँ तर त्यहाँबाट पनि बाहिर कुनै क्लिनिकमा गएर ड्रेसिङ गराऊ भनियो।’

कृष्ण त एउटा उदाहरण मात्रै हुन्। निजी त के सरकारी अस्पतालले पनि सामान्य बिरामी हेर्न छाडेपछि कृष्णजस्ता सयौँ बिरामीहरु अलपत्र पर्न थालेका छन्।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामान्य बिरामीहरुलाई अस्पताल नआउन र भीड नगर्न आग्रह नै गरेको छ भने गएका बिरामीहरुलाई पनि फर्काउने गरिएको छ। ज्वरोबाहेक अन्य रोगका बिरामीहरुमा पनि कोरोना संक्रमण हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरु पन्छिन थालेका छन्।अस्पतालमा स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवच नै नभएपछि यो अवस्था आएको हो।

‘स्थिति यसै भन्न सक्ने छैन,हामीसँग व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) छैन’, अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘ज्यानको माया सबैलाई लाग्छ तर पनि हामीले सक्दो गरिरहेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .