हुपेइ प्रान्तको वुहान शहर एक करोड १० लाख मानिसको बासस्थान हो। गत डिसेम्बरमा वुहानको माछा पसलबाट कोरोनाको संक्रमण फैलिएको थियो।
वुहानमा कोरोनाको संक्रमण र मृत्युदर शुन्यमा झरेपछि चीनले वुहानको लकडाउन खोल्ने निर्णय गरेको हो।
वुहान चीनमा सबैभन्दा बढी कोरोनाले ग्रस्त क्षेत्र हो। हालसम्म त्यहाँ ६७ हजार ८०१ संक्रमित छन्। उनीहरुको उपचार भइरहेको छ। कोरोनाका कारण त्यहाँ ३१ सय ६० को मृत्यु भइसकेको छ।
हालैका दिनमा त्यहाँ कोरोनाको नयाँ संक्रमण देखिएको छैन। आगामी अप्रिल ८ तारिखमा वुहान शहर खुल्ला गरिने चिनियाँ संचारमाध्यमले जनाएका छन्।
बुधबारदेखि हुपेइका अन्य शहरहरु खुल्ला गरिने तयारी पनि गरिएको जनाइएको छ। हाल वुहानको जीवनस्तर सामान्य बन्दै गएको बताइएको छ। सीएनएन
प्रतिक्रिया