ad ad

समाज


जनकपुरमा सुरक्षा व्यवस्था कडा, ‘लकडाउन’ अवज्ञा गर्नेलाई पक्राउ र लाठी प्रहार

जनकपुरमा सुरक्षा व्यवस्था कडा, ‘लकडाउन’ अवज्ञा गर्नेलाई पक्राउ र लाठी प्रहार

शैलेन्द्र महतो
चैत ११, २०७६ मंगलबार ८:१२,

जनकपुरधाममा सरकारले आजदेखि लागु गरेको 'लकडाउन' को आदेश अवज्ञा गर्ने माथि प्रहरीले बल प्रयोग गर्न थालेको छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले मंगलबार बिहानैदेखि देशैभर लकडाउन गरेको छ।

सरकारले एक सातासम्म अति आवश्यक कामका लागि बाहेक बाहिर ननिस्कन आदेश दिएको छ। तर जनकपुरमा अतिआवश्यक कामबाहेक पनि बिहानैदेखि सवारीसाधन अटो रिक्सा, मोटरसाइकल सहित सर्वसाधारणहरु सडकमा देखिन थालेपछि प्रहरीले पक्राउ तथा लाठी प्रहार गर्न थालेको हो।

Janapur corona 4

बिहानदेखि आहिलेसम्म ५० भन्दा बढी मोटरसाइकलसहितको सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले लकडाउनको अटेर गर्नेलाई सम्झाउने बुझाउने र अर्काे पटकमा पक्राउ तथा लाठी प्रहार गर्न निर्देशन दिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले निर्देशन दिएका हुन।

अहिले जनकपुरको चोकचोकमा नेपाल तथा सशस्त्र पहरीका सुरक्षाकर्मी परिचालन भएको छ। घरबाहिर हिँड्नेलाई अतिआवश्यक कामबाहेक घर फर्काउने, सम्झाउने गरिरहेका छन। नमान्नेलाई पक्राउ गर्न तथा जथाभावी गर्नेलाई लाठी प्रहार समेत गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .