ad ad

समाज


यूएईमा कोरोना संक्रमित दुई नेपाली उपचारपछि निको

यूएईमा कोरोना संक्रमित दुई नेपाली उपचारपछि निको

नेपालखबर
चैत १०, २०७६ सोमबार १६:५,

युएईमा कोरोना भाइरसको संक्रमणमा परेका दुई नेपाली उपचार पश्चात निको भएका छन्।

यसरी निको भएर फर्केकाहरु को हुन् भन्ने परिचय भने खुलाईएको छैन।

ती दुई नेपाली सहित एक ईरानी पनि निको भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले समेत संक्रमित नेपालीहरुलाई निको भएको पुष्टि गरेका छन्। 

ढकालले ट्विट गर्दै सो कुराको जानकारी दिएका हुन्।

योसँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन्।

यूएईमा सोमबारमात्रै थप ४५ जना कोरोना भाइरसका संक्रमित भेटिएको यूएईकी स्वास्थ्य विभाग अन्तर्गतको सरुवा रोग विभागकी प्रमुख डा. फरिदा अल हसनले जनाएकी छिन्। 

उनका अनुसार ती ४५ जना १८ देशका नागरिक छन्। जसमध्ये ७ भारतीय, तीन बंगलादेशी, चार पाकिस्तानी समेत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .