मकवानपुरमा घर भत्काउने क्रममा आफ्नै पुरानो घरले किचिएर एक वृद्धको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पुरानो घरको ब्लकले किचेर ७३ वर्षीय पञ्चबहादुर दोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
ब्लकको गारो भएको आफ्नै पुरानो घर भत्काउने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार झ्याल ढोका तथा चौकोस निकाली सकिएको पुरानो घरबाट ब्लक निकाल्ने क्रममा उनलाई ब्लकले किचेको थियो।
घटनास्थलमै मृत्यु भएका दोङको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको छ। रासस
3
Shares
प्रतिक्रिया