नेपालमा कालोबजारी गरेर भारततर्फ लैजाँदै गरेको ६ बोरा मास्क प्रहरीले बरामद गरेको छ।
काठमाडौंबाट रात्रि बसमा भारततर्फ लगिँदै गरेको मास्क बुधबार पर्सामा बरामद भएको हो।
मास्क कालोबजारी गरेर भारततर्फ लैजाने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा, छिपहरमाई गाउँपालिका ५ का सुलिन जैसवाल र अजय महतो कोइरी छन्।
उनीहरुले मास्क भारतमा लगेर महंगो मूल्यमा बेच्ने गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया