ad ad

समाज


आजदेखि कलंकी-कोटेश्वर सडकखण्डमा दायाँ-बायाँ लेन नियम लागू

आजदेखि कलंकी-कोटेश्वर सडकखण्डमा दायाँ-बायाँ लेन नियम लागू

नेपालखबर
चैत २, २०७६ आइतबार ४:३२,

आज (आइतबार) देखि कलंकी-कोटेश्वर सडकखण्डमा दायाँबायाँ लेन नियम लागू भएको छ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन यो सडकखण्डमा ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको हो।

लेन नियमअनुसार यात्रुवाहक बस, टिप्पर तथा ट्रक बायाँ लेनबाट र साना गाडी तथा मोटरसाइकल र स्कुटर दायाँ लेनबाट चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अब कोटेश्वर–कलंकी सडक खण्डमा यात्रुबाहक तथा मालबहक सवारीसाधनलाई बायाँ सर्भिस लेनबाट र तिव्र गतिमा हुइकिने निजी तथा साना सवारीलाई दाहिने लेनबाट गुड्ने गरी नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

यो सडकखण्डमा लेन अनुशासन कायम नहुँदा दुर्घटनाका घटना बढेपछि यस्तो नियम लागू गरिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

सवारी आवागमनलाई सहज तुल्याउन र ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने बानी बसाउन यस्तो नियम लागू गरिएको उनको भनाई छ।

महाशाखाका अनुसार यो सडकखण्डमा मासिक ८५ सवारी दुर्घटना हुँदै आएको छ। जथाभावी ओभरटेक, गलत लेनको प्रयोग, लुकिङ ग्लास र साइट लाइटको न्युनतम प्रयोग र तिव्र गतिका कारण दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ।

नयाँ नियम लागू भएसँगै यो सडकखण्डको मुख्य लेनमा अब प्रतिघण्टा ५० किलोमिटरसम्म र सर्भिस लेनमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने हुन्छ।

ठूला गाडीका कारण साना सवारी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .