ad ad

राजनीति


प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

नेपालखबर
चैत २, २०७६ आइतबार ४:३०,

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली फलोअप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुगेका छन्। 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल ल्याइएकाे हाे। 

‘उहाँको पेटमा स्टेन्ट राखिएको थियो, त्यो निकाल्न अहिले उहाँ त्रिवि शिक्षण अस्पतालमै हुनुहुन्छ,’ नेपालखबरसँग उनले भने, ‘त्याे निकालेपछि उहाँ आजै फर्किनहुन्छ।’

पेटको स्टेन्ट निकाल्न धेरैबेर नलाग्ने उनको भनाइ छ। ‘एक/दुई घण्टाको काम हो,’ प्रेस सल्लाहकार थापाले भने।

त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबार साँझ मात्र सरकारी निवास बालुवाटार फर्किएका थिए।

डिस्चार्ज भएको भोलिपल्टै शनिबार प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए।

यस्तै कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आइतबारै हुने भनिएकाे सार्क राष्ट्रहरूबीच भिडयो संवाद (कन्फरेन्स) मा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ। 

अपराह्न ५ बजे हुने भिडियो कन्फ्रेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने उनकाे सचिवालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .