ad ad

कला


१७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै पूर्वमिस नेपाल उषा खड्गी

१७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै पूर्वमिस नेपाल उषा खड्गी

नेपालखबर
चैत २, २०७६ आइतबार ५:९,

पूर्वमिस नेपाल तथा मोडल उषा खड्गी १७ वर्ष लामो वैवाहिक जीवन तोड्ने निर्णयमा पुगेकी छन्।

फेसबुकमार्फत उनले आफू निरन्तर शारीरिक तथा मानसिक हिंसामा परेकाले अब डिभोर्स गर्ने निर्णयमा पुगेको जानकारी दिएकी हुन्।

शनिबार राति स्टाटस लेख्दै उनले यसबारे एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि सेयर गरेकी छन्।

पूर्वमिस नेपाल खड्गीकाे १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो।

फेसबुकमा सेयर टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो।’

जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो। २ वर्ष सम्बन्धमा रहेपछि उनीहरूले बिहे गरेका थिए। 

उषा र जीपीका १ छोरा र २ छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .