ad ad

समाज


धनुषामा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जना सिकिस्त

धनुषामा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जना सिकिस्त

शैलेन्द्र महतो
चैत १, २०७६ शनिबार ३:४८,

धनुषामा घरेलु मदिरा पिउँदा बिरामी भएका थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको छ।

योसँगै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा २ सतायता मदिरा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए।

होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।

दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीले भने बुधबार यता ज्यान गुमाउने ७ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मात्रै मृत्यु भएको दाबी गरे।

तर स्थानीयले भने बुधबार यता मात्रै मदिरा पिउँदा ८ जनाको मृत्यु भइसकेको बताएका छन्।

‌मदिरा सेबनबाट ५ जना सिकिस्त छन्। उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ।

12 janaki

बस्तीकै रामइशर महरा, प्रदीप सदा, भरत सदा र भरत मण्डलको जानकी मेडिकल शिक्षण अस्पताल र सीतारम यादवको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

रामइशर र सीतारामको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .