कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
योसँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ पुगेको छ।
यसअघि भारतमा पहिलोपटक गत मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको मृत्यु भएको थियो।
दिल्लीकी ती महिलामा पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापबाट ग्रस्त थिइन्। उनीबाट उनको छोरामा पनि कोरोना संक्रमण सरेको बताइएको छ।
गत फेब्रुअरीमा स्विजरल्यान्डबाट इटाली हुँदै भारत पुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ।
संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन्। संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन्।
प्रतिक्रिया