ad ad

समाज


चीनबाट फर्किएका युवकमा कोरोनाको आशंका, सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा राखियो

चीनबाट फर्किएका युवकमा कोरोनाको आशंका, सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा राखियो

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ७:४,

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा चीनबाट फर्किएका एक युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।

केही समयअघि चीनबाट फर्किएका कैलालीको धनगढीका युवक बिहीबार अस्पताल भर्ना भएका हुन्।

सेती प्रादेशिक अस्पतालका डा. जगदीशप्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आइसोलेसन वार्डमा राखिएको बताए।

ती युवक हालसालै चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएको उानले बताए। उनको नमूना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर जोशीले बताए।

यसअघि पनि चीनबाट फर्किएकासहित गरी सुदूरपश्चिमकै चार जना शंकास्पद लक्षण देखिएपछि सोही अस्पताल भर्ना भएका थिए। उनीहरुको नमूना परीक्षण गरिएको थियो। तर, रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .