ad ad

समाज


कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

गोकुल जोशी
फागुन ३०, २०७६ शुक्रबार ६:३६,

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहीबार बेलुका म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामामृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको हो।

सुरजको घटनास्थलमा नै मृत्यु भएको थियो भने दिनेशको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ, मृत्यु हुने दुवै एउटै मोटरसाइकलमा सवार थिए वा पैदल यात्रीलाई ठक्कर दिइएको थियो भन्ने बारेमो बुझ्दै छौँ’ प्रहरी निरीक्षक भट्टले भने, ‘ती मानिसहरु विवाह आएको खुलेको छ।’

प्रहरीका अनुसार मोटरसाइकल साहु महेश सिंहमाथि अहिले सोधपुछ भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .