ad ad

खेल


आहारारा गोल्डकपको फाइनल भोलि : उपाधि जित्ने दाउमा मनाङ र पुलिस

आहारारा गोल्डकपको फाइनल भोलि : उपाधि जित्ने दाउमा मनाङ र पुलिस

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ६:१,

१८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। पोखरा रंगशालामा शनिबार करिब १५ वर्षपछि चौथो पटक यी दुई टोली आहा रारा गोल्डकपमा आमनेसामने हुनलागेका हुन्।

भोलि हुने फाइनल खेलमा नेपाल पुलिस क्लब ७ पटक उपाधि उचाल्ने दाउमा हुनेछ। यता मनाङ पुलिसलाई पराजित गर्दै छैटौँ पटक उपाधि जित्ने योजनामा छ।

२०५८ सालदेखि सुरु भएको क्याराभान गोल्डकपदेखि नै नेपाल पुलिस क्लब प्रतियोगितामा नियमित सहभागी हुँदै आएको छ। छैटौँ संस्करणमा मात्र सहभागी नभएको मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको अर्को नियमित क्लब हो।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लबले ६ पटक उपाधि उचालेको छ भने ३ पटक उपविजेता बनेको छ। मनाङले ५ पटक उपाधि जित्दा त्यति नै पटक उपविजेतामा सीमित बनेको थियो।

पोखरा रगंशालामा शुक्रबार भएको खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य राखेका छन्। नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्त तामाङले भने, ‘पुलिस र मनाङ भनेको उस्तै टोली हुन्। खेलमा दुवैको ५०–५० प्रतिशत छ, आफ्नो शतप्रतिशत दिने हो।’

पोखरा रगंशाला सायद हाम्रो लागि फापेको पनि छ। मिश्रित टोली भएकाले पनि राम्रो खेलिरहेको उनले बताए।

९० मिनेट एउटै लयमा खेल्न सकेमा नतिजा राम्रो आउँछ। अहिलेको पोखरा रगंशालाले आगामी दिनमा अझै राम्रो हुने उनको दाबी छ।

पुलिसका कप्तान भरत शाहले पनि आफुहरु सबै फिट रहेकाले भोलि जितको लागि नै मैदान उत्रिने बताए। सहारासँग पनि राम्रो खेल्यौ।

मनाङका प्रशिक्षक फुजा तोपेले भने, ‘पुलिस राम्रो टोली हो।’ भोलिको खेल निकै प्रतिस्पर्धात्मक हुने उनले बताए।

मनाङका कप्तान कमल श्रेष्ठले पुलिस राम्रो छवि भएको र इतिहास बोकेको टोली भएकाले कमजोर नआँक्ने बताए।

प्रतियोगिताको पहिलो संस्करणमा नै यी दुई क्लबको भेट हुँदा पुलिस क्लबले बाजी मारेको थियो। आहा रारा गोल्डकपमा मात्र यी २ टोलीबीच ३ पटक भेट भएको छ। जसमा पुलिसले १ र मनाङले २ पटक बाजी मारेका छन्।

प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आहा रारा गोल्डकपको फाइनल भेट
१. क्याराभान गोल्डकप २०५८ : नेपाल पुलिस क्लव– मनाङमर्स्याङदी क्लब २–१
२. आहारारा गोल्डकप २०६० : मनाङ मर्स्याङ्दी क्लव–नेपाल पुलिस क्लब ३–१
३. आहारारा गोल्डकप २०६१ : मनाङ मर्स्याङ्दी क्लब – नेपाल पुलिस क्लब ३–२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .