ad ad

समाज


कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा

कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा

नेपालखबर
फागुन २६, २०७६ सोमबार ११:१९,

कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो। र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए।

कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए।

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन। सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए। सो अवसरमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए।

शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गर्नुभएको थियो। देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरे।

सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना संकलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानूनी कारवाहीका लागि दिन लागिएको जानकारी पनि संयोजक कुँवरले दिएका थिए। सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .