ad ad

समाज


भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

नेपालखबर
भदौ २४, २०८१ सोमबार १७:१५, काठमाडौँ

स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ। 

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चाबहिलमा हुने समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए। 

‘समिटको उद्देश्य भनेको समाजका विभिन्न क्षेत्रका स्थापित र सक्षम युवाहरुको बृहत भेला, एकता र सहकार्यमार्फत, नयाँ  विचार, युवाको क्षमता विकास, साझा एजेन्डा, देशमै रोजगारी सृजनाको वातावरण, उद्यमशीलता र नवप्रवर्तन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा संकल्प गर्नु हो,’ संयोजक शाहीले भने। 

सम्मेलनबाट आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको घोषणापत्रसमेत जारी गर्ने कार्यक्रम छ। 

सम्मेलनमा देशभरबाट उत्कृष्ट युवा उद्यमी, व्यवसायी, चिकित्सक, पत्रकार, खेलाडी, कलाकार, जनप्रतिनिधिलगायतको उपस्थिति रहने पनि शाहीले जानकारी दिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर भरत ढकाल, उद्यमी विदूषी राणा, बैंकर मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञ, युवा उद्यमी, सामाजिक अभियन्ता तथा जनप्रतिनिधि वक्ताको रूपमा रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .