ad ad

समाज


नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ

नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ

नेपालखबर
भदौ २४, २०८१ सोमबार १२:३६, काठमाडौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकबारे गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारी गृहमन्त्रालयले गरिरहेको छ। एकसय दिन भित्र प्रहरीमा नयाँ कानुन ल्याउने गृहमन्त्रीले घोषणा गरेका छन्। 

आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका गृहमन्त्री लेखकले साँझ सो सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेको गृहमन्त्री लेखकको सचिवालयले जानकारी दिएको छ। 

दुवै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममूखि छलफल भएको गृहमन्त्री लेखकले बताएका छन्। 

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रहरीको विधेयक दुई साताअघि नै र सशस्त्र प्रहरीको बिहीबार पठाइएको छ। 

साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरी सम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय लिएका थिए। गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरुको पनि राय–सुझाव लिएका थिए। 

यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैँ सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीसँग छलफल गरेका थिए। 

गृहमन्त्री लेखकले मन्त्री भएको सय दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने बताएका छन्। 

अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषद्मा लैजाने गृहमन्त्री लेखकको तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .