ad ad

समाज


अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने पक्राउ

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने पक्राउ

नेपालखबर
भदौ २३, २०८१ आइतबार २०:४७, काठमाडौँ

नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनको लागि एसईई र कक्षा १२ को नक्कली मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्सन बनाई पेस गर्ने व्यक्तिहरू पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा भदौ २१ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जस्थित अमेरिकन राजदूतावास नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भई हाल ईमाडोल बस्ने वर्ष ३२ की गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भई हाल ललितपुर टिकाथली  बस्ने वर्ष २८ को अनिल कुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भई हाल ईमाडोल बस्ने वर्ष ५० को गोपाल प्रसाद घिमिरे र संखुवासभाको खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुकोर मध्यपुर ठिमी–५ बस्ने वर्ष ४३ को सुवास रहेका छन्।

उनीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्र सहित लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .