स्पेनिस ला लिगा २०२४–२५ को नयाँ सिजन गएरातिबाट सुरु भएको छ। सिजनको पहिलो दिन दुई खेल भएका छन्। तर, दुवै खेल बराबरीमा सकिएका छन्।
एथलेटिकाको घरेलु मैदानमा भएको खेलमा उसले गेटाफेसँग १–१ को बराबरी गर्दै अंक बाँडेको हो।
पहिलो हाफको २७ औँ मिनेटमा घरेलु टोलीले अग्रता बनाएपनि दोस्रो हाफमा गोल खान पुग्यो।
खेलको ६४ औँ मिनेटमा गेटाफेले बराबरी गोल फर्काउँदै अंक खोस्न सफल भएको हो।
गएराति नै भएको अर्को खेलमा रियल बेटिस र जिरोनाले १–१ कै बराबरी गर्दै अंक बाँडे। पहिलो हाफको छैटौँ मिनेटमा नै मार्क बार्ताको गोलमा रियल बेटिसले सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको ७२ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मिसेहोयले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
बराबरीसँगै जिरोना अंक तालिकाको शीर्ष र गेटाफे दोस्रो स्थानमा छ। रियल बेटिस तेस्रो स्थानमा रहँदा एथलेटिक चौथो स्थानमा छ।
Shares
प्रतिक्रिया